सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेपालको शैक्षिक इतिहासमै पहिलो पटक राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिईकनै नतिजा सार्वजनिक गरेको छ। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीका कारण परीक्षा हुन नपाकोले सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई नतिजा प्रकाशन गरिएको हो ।
२०७६ सालको एसईईको लागी ४ लाख ८२ हजार ९८६ विद्यार्थीले एसईईको परीक्षा फर्म भरेका थिए। त्यसमध्ये विद्यालयहरूबाट ४ लाख ७२ हजार ७८ विद्यार्थीको मात्रै प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको बोर्डले जनाएको छ। जसको लागी एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए।
कोरोना भाइरस संक्रमण जोखिमका कारण २०७६ चैत ६ गतेका लागि तोकिएको परीक्षा रद्द गरिएको थियो।
एसईईको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस ।