अब न बोले कहिले बोल्ने

२०७७ साउन २९ बिहिवार

एउटा अनलाईन पत्रीकाले समाचार प्रकाशित गरेको थियो “१४ बलात्कार ,२ बलात्कार प्रयास र १ हत्या,
समाचार पढ्दै जाँदा त्यहाँ लेखिएको कुराले सोच्न बाध्य बनायो। लेखिएको के थियो भने बलात्कारका घटना १. छिमेकी बाट,२. परिवारका सदस्यबाट र प्रेमी ठानिएका ब्यक्तीबाट । यो सुनिरहदा बलात्कारका प्राय घटना चिने जानेकै मान्छेबाट नै भैरहेका प्रसस्त घटनाहरु आँखा अगाडि एक एक घरी क्यानभासमा उतारिएझै आँखै सामु उत्रिए।

हाम्रो देशमा महिला पुरुष जति नै बराबरका कुरा गरिएता पनि अझै पनि नारिहरु कुनै पनि ठाउँमा आफुलाई सुरक्षित महसुस गर्ने अवस्थामा भने पुगिसकेका छैनन । हाम्रो समाजमा महिला घर भित्र देखि अफिस,कार्यालय,स्कुल,सिनेमाघर,शौचालय,हुँदाहुँदै सार्वजनिक यातायात मा सम्म महिला माथी यौन दुर्व्यहार का घटनाहरु बेलाबेला समाचारका हेडलाईन बन्न आईपुग्छन । आखिर यस्ता घटना नारी लक्षित किन छन ? आखिर नारिलाई किन खेलौना सम्झिन्छ यो समाज ? के नारी मात्र पुरुषका यौन साधनका लागि जन्माएको हो त सृष्टिले ? यी र यस्ता हजारौ प्रश्नको जवाफ खोज्न जरुरी छ।

शिक्षाको कमिका कारण यस्ता घटनाहरु बढिरहेको छ भनौ भने बर्सेनि बलात्कारका घटना न्यून हुनुको साटो बढिरहेको तथ्यांक “My Republic” पत्रीका ले जुन-१५-२०१९ मा निकालेको छ। सो तथ्यांकअनुसार सन २०१४/१५ मा नौ सय एकासी अनि सन २०१५/१६ मा एक हजार त्रिनब्बे, सन २०१६/१७ मा एक हजार एक सय सड्तिस सन २०१७/१८ मा चौधसय असी , सन २०१८/१९ मा १६२३ र तथ्यांकअनुसार नेपालमा दैनिक ६ बटा बलात्कारका घटना भैरहेको बताउछ ।

बर्सेनि बलात्कारका घटना न्यून हुन को साटो बढीरहनुको कारण खोज्दै जाँदा अनेकन कारण भेटिन सक्लान, तर मुख्य कारण भनेको बलात्कारमा कठोर कानुन नहुनु नै हो। यदि कठोर कानुन बनाईयो भने बलात्कार गर्ने चेस्टा गर्ने भन्दा नि सजायको भागीदार हुनुपर्छ भन्ने सोचले नै कम्पन हुने किसिमको नियम लागू गरियो भने सायद बलात्कारका घटना वृद्धि हुनुको साटो न्यून हुने पक्का हुन्थ्यो होला । तर हाम्रो देशमा बलात्कार का घटनामा कानुन फितलो भएको कुरा जगजाहेर नै छ र अर्को कुरा पहुँच र पावरका भरमा कयौ यस्ता बलात्कारी हरु समाजमा निस्फ्क्री घुमिरहेका छन र यस्ता घटनाहरुलाई परिणाम दिईरहेका छन।

यदि साँच्चै महिलालाई समान अधिकार दिन नै चाहने हो भने महिला माथी भैरहेका यस्ता घटना माथी सरकार ले संवेदनशील भएर सोच्ने बेला यहि हो र समाजले पनि महिलाले यस्ता घटना उजागर गर्दा उल्टै चरित्रमा प्रश्न उठाउनुको साटो सत्यतथ्य पत्ता लगाउन र महिलाको मनोबल बढाउनका निम्ति महिलाहरुलाई प्रोत्साहन गर्न जरुरी छ।राज्यबाट बलात्कारका घटनामा कडा कानुन बनाई दोषिलाई हदैसम्म्को सजाय नतोकिए सम्म दैनिक ६ बाट बढेर केही बर्षमै यो संख्या दोब्बर नहोला भन्न सकिन्न त्यसैले अब न बोले कहिले बोल्ने

लेखक : श्यामस्वेत बिश्वकर्मा राजापुर न.पा. –५ बसन्ता, बर्दिया 

प्रतिक्रिया दिनुहोस