सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको शैक्षिक संस्था,अन्तर्राष्ट्रिय र आन्तरिक उडान,लामो दूरीका सार्वजनिक यातायात, सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो यस्तो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरूको दैनिक आवतजावत बढने भएकाले कोरोना संक्रमणको जोखिम पनि बढने भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै काठमाडौं प्रवेश गर्ने नाका हरुमा पनि कढाई गर्ने निर्णय सरकारले गरेको छ ।