सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
नेपालमा फेरि आगामी तिनदिन सम्म मनसुन सक्रिय हुने भएको छ । भोलि आईतवार देखि मनसुन न्युननचापीय रेखा नेपालको तराई लगायत देशको बिभिन्न भु–भागमा सर्ने सम्भावना रहेकाले आगामी तिनदिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन ।
प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक ,दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
मनसुनको समयमा पनि जुलाई र अगस्ट महिनामा धेरै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।