कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६लाख ५२ हजार बढि

२०७७ साउन, १२ ,सोमबार

चीनको हुवे प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट विश्वमा ६ लाख ५२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी कोरोना भाइरसबाट विश्वभर कुल १ करोड ६४ लाख १२ हजार ८ सय १५ जना संक्रमित भइसकेका छन् भने, १ करोड ४२ लाख ३ सय ६२ मानिश कोरोना बाट मुक्त भइसकेका छन् ।कोरनाकै कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी USA अग्रपंतिमा छ। USA मा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ८ सय ४९ रहेका छ। यस्तै USA मा कुल संक्रमितको संख्या ४३ लाख ७१ हजार ८ सय ३९ रहेको छ। निको हुनेको संख्या २० लाख ९० हजार १ सय २९ रहेको छ । नेपालमा भने कोरोना संक्रमितको संख्या १८ हजार ६सय १३ पुगेको छ । यस्तै निको हुनेको संख्या १३ हजार १ सय २८ छ भने उपचाररत संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको छ। यस्तै कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
(२०७७ साउन १२ सोमबार ८:५० मा प्रकासित)

प्रतिक्रिया दिनुहोस