विद्यार्थीको कोरोना बिमा गरिनुपर्ने भन्दै अनेरास्ववियुले बुझायो ज्ञापनपत्र

२०७७ साउन ११

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको विद्यार्थि संगठन अनेरास्ववियुले सम्पूर्ण विद्यार्थीहरूको कोरोना बीमा गर्नुपर्ने माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका अनेरास्ववियुको केन्द्रिय टोलीले विद्यार्थीले स्वास्थ्य बीमा बापत् तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीहरुलाई कोरोेना बिमा गर्नुपर्ने माग गरेको छ । संगठन टोलीले विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई आज एक ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । उक्त ज्ञापन पत्रमा अनेरास्ववियुले विद्यार्थी जीवनभन्दा परिक्षा ठुलो नहुने भन्दै विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेपछि मात्रै परीक्षा तालिका सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस