सल्यानमा एक सामुदायिक वनले उपभोक्तालाई वितरण गर्‍यो ग्यास चुलो

शुक्रबार -२,श्रावण २०७७

सल्यानमा एक  सामुदायिक वन समितिले उपभोक्ताहरुलाई  ग्यास चुलो वितरण गरेको छ। जिल्लाको बागचौर  नगरपालिका वडा नम्बर१० अन्तर्गत पर्ने  मोखला, भाट्भिटे, दुबेरीचौर टोलमा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले ५३ घरधुरीलाई ग्याँस तथा चुलो वितरण गरेको हो। सामुदायिक वनको आन्तरिक स्रोतबाट उत्पादन गरिएको लिसा (सल्लाको खोटो) बिक्रीबाट जम्मा भएको कुल रकम ३ लाख १२ हजार रुपैयाँबाट उक्त सामग्री वितरण गरिएको हो।  विभिन्न ठाउँमा भएका सामुदायिक वनहरूलाई संरक्षण र जगेर्ना गर्न सकिएको खण्डमा वनले उपभोक्ताहरुलाई फाइदा गर्ने भन्दै सदैव सामुदायिक वनको संरक्षण मा आफुहरु लागिपर्ने वन समितिका सहसचिव मनोहर के सी ले बताए।

प्रतिक्रिया दिनुहोस