सल्यानको बागचौर मा रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय अगाडि बम जस्तै देखिने शंकास्पद वस्तु फेला

१,श्रावण २०७७

सल्यानको बागचौर नगरपालिका बागचौर बजारमा रहेको मुक्तिनाथ विकास बैंक शाखा कार्यालय अगाडि बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ। उक्त बम जस्तै देखिने शंकास्पद वस्तुसँगै जनपरिषद सल्यानको नाममा पर्चा पनि रहेको छ।
उक्त पर्चामा कोरोना महामारीको कारण समस्यामा परेका किसानहरु सँग ऋण असुली गरेको ऋण तिर्न बाध्य बनाएको लगायतका कुराहरु लेखिएको प्रहरीले जनाएको छ ।
अहिले उक्त मुक्तिनाथ विकास बैंक को शाखा कार्यालय लगायत बागचौर बजार आसपासका क्षेत्रहरु सिल गरिएको छ। फेलापरेको शंकास्पद वस्तु कुनै बम हो वा होइन भन्ने कुरा यकिन गर्न सकिएको छैन। अहिले उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली आएर हेरिसकेपछि मात्र घटनाको विस्तृत विवरण अाउने जनाइएको छ

प्रतिक्रिया दिनुहोस