अबैध रुपमा बिद्यार्थि भर्ना रोक्न प्याब्सन सल्यानको अपिल

२८ असार २०७७, आइतबार

संस्थागत तथा सामुदायिक विद्यालयहरूले प्रमाणपत्र बिनानै विद्यार्थी भर्ना नगर्न भन्दै जिल्ला प्शासन सल्यानले एक विज्ञप्ति जारी गरेको छ। प्याप्सन सल्यानले आज विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यालयहरुलाई यस बिषयमा ध्यानाकर्षण गराएको हो। विशेष गरि संस्थागत बिद्यालयबाट सामुदायिक बिद्यालयमा जाने बिद्यार्थीहरुलाई भर्ना गर्दा यस्ता समस्या देखिएको जिल्ला प्याब्सन सल्यानका अध्यक्ष जित बहादुर भण्डारी ले बताएका छन् ।
कोरोना भाइरसका कारण लामो समयको बन्द पछि नेपाल सरकारले बिस्तारै शैक्षिक गतिविधिलाई अगाडि बढाउने राज्यको नीतिअनुरुप संस्थागत तथा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने एवं अभिलेखीकरण गर्दै विद्यार्थी भाईबहिनीहरुलाई पढाई तिर अभिप्रेरित गरिरहेको सन्दर्भमा सल्यान जिल्लाका कतिपय विद्यालयहरुले विद्यालयबाट प्राप्त प्रमाणपत्र बिना नै अवैध तरिकाले भर्ना गरिएको विषय प्रति जिल्ला प्याप्सन सल्यानले गम्भीर ध्यानाकर्षण गराएको हो ।
जित बहादुर भण्डारी अध्यक्ष र सचिव खिमराज डि सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्यहरु देश देशको ऐन कानुन तथा नीति नियम विपरीत भएकाले कोही कतैबाट यस्तो कार्यहरु नगर्न नगराउन जिल्लामा संचालित सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालय हरुलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस