सल्यानमा सडक निर्माण समितिले स्थानियलाई बितरण गर्‍यो फलफुल बोटबिरुवा तथा कृषि सामाग्री

२०७७ असार २४ ,

कर्णाली प्रदेश तथा कृषि विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा बागचौर नगरपालिका वडा न. १० अन्तर्गत साविकको वडा नम्बर ३,१ हुँदै छत्रेश्वरी गाउँपालिकाको दमाचौर जोड्ने कृषि सडक निर्माण समितिले उपभोक्ताहरुलाई बिभिन्न कृषि औजार तथा फलफुलका बोटबिरुवाहरु वितरण गरेको छ।
सडक निर्माणको लागि छुट्याइएको कुल बजेटको १० प्रतिशत रकमबाट उपभोक्ताहरु लाई कागती,टिमुर,अनार जस्ता फलफुलका बोटबिरुवाहरु तथा कीटनाशक औषधि,पानि सिचाइ गर्ने कलर मेसिन,मकै छोडाउने मेसिन,औषधि छिटन प्रयोग गर्ने मेसिन लगायतका कृषि सामाग्री वितरण गरिएको सडक निर्माण समितिका अध्यक्ष ज्ञानप्रसाद शर्माले जनाउनुभएको छ । समितिले यसरी सडक निर्माणका लागी छुट्याइएको रकम बाट फलफुलका बोटबिरुवाहरु,कीटनाशक औषधि तथा कृषि औजार बितरण गरेकोमा आफुहरु खुसी भएको कृषक हरुले बताएका छन ।
पिपलनेटा ३,१ हुँदै छत्रेश्वरी गाउँपालिकाको दमाचौर जोड्ने उक्त सडक नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय गुलाबजङ शाहको पहलमा निर्माण कार्य सुरु गरिएको हो। योजना पहल को लागी माननिय शाह लाई धन्यवाद दिदै उक्त सडकको स्तरोन्ति को लागि आशा रहेको स्थानियहरुले बताएका छन ।
krisi sadak salyan

प्रतिक्रिया दिनुहोस