सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सल्यानको शारदा नगरपालिका १२ का ३९ वर्षीय पुरुषले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।
१३ वर्षीया आफ्नै छोरीलाई घरमा कोही नभएको मौका छोपेर विभिन्न डर त्रास देखाइ पटक पटक ती पुरुषले बलात्कार गर्दै आएको कुरा जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गोप्य सूचनाका आधारमा उनलाई घर नजिकैबाट पक्राउ गरिएको बताइएको छ । आफन्तकोमा राजधानी बस्दै आएकी बालिका कोरोनाको कारण बन्दाबन्दीको समयमा केहि महिना अघिमात्रै घर आएकी थिइन ।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमख ढकेन्द्र खतिवडाका अनुसार पक्राउ परेका बाबु विरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको र उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।