वनस्पति नाशक ‘सलह’ किराले गर्‍यो नेपालमा प्रवेश

शनिबार,असार १३ ,२०७७

अघिल्लो महिना अफ्रिकाबाट पाकिस्तान हुँदै भारतको बंगाल सम्म देखापरेको सलह किरा हाल नेपालमा तराइका विभिन्न जिल्लाहरुमा प्रवेश गरिसकेको छ। मनसुन सुरु भइसकेको कारण सलह किरा नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको भन्दै मन्त्रिमण्डलले केही हप्ता अगाडि निष्कर्ष निकालेको थियो। तर शनिबार अचानक रुपमा बारा,पर्सा,रौतहट,सर्लाही लगायतका जिल्लामा लाखौंको संख्यामा सलहले प्रवेश गरिसकेको प्रदेश नं २ का भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन् ।

salaha kira

सलह कीरा

सलहको प्रकोप नेपालमा कुन नाकाबाट पसेको हो भन्ने पत्ता लाग्न सकेको छैन। यसैबीच सलह नेपाल प्रवेश गरेको नाका र कति संख्यामा सलह किरा ले प्रवेश गरेका छन् भनेर पत्ता लगाउनका लागि प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोली परिचालन गरिएको छ। किराफट्यांग्रा हरूको समूह यस सलह  किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गर्न सक्दछ। खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका  हरियो वनस्पतिलाई छोटो समयमा पात, फूल, तथा डाँठ समेत आहरा बनाउँछ ।।  एउटा सलहले एक दिनमा आफ्नो शरीरको तौल बराबरको खाद्ध पदार्थ खान्छ भने यसको झुण्डको सानो भागको   सलहले एक दिनमा ३५०० जना मानिसका लागि पुग्ने खाना  खाने खाने गर्छ। सलहले एकदिनमा १५० किलोमिटर  भन्दा लामो दुरि पार गर्न सक्दछन्।

प्रतिक्रिया दिनुहोस