काठमाडौँ — चार वर्षअघिदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवालाई काठमाडौं […]
गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएसगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्युहुने ब्यत्रि प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो । सोही दिन उनको नमुना संकलन गरिएको थियो भने ६ गते कोरोना पुष्टि भएको थियो । सेनाको सहयोगमा मृतकको दाहसंस्कार गरिसकिएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।
यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या नौ हजार २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन ।