कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
भारतबाट आएका नेपालीलाई लिएर नेपालगञ्जबाट सल्यानका लागि छुटेको ना५ख ५९९५ नम्बर को फोर्स गाडी राप्तीसोनारी मा दुर्घटना हुँदा मृत्यु हुने २ र घाइते भएका २० जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा गाडी चालक दैलेखका दान बहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी को सनाखत भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रोल्पा त्रिवेनि ७ का १७ वर्षिय सुनिल परियार, २० वर्षिय विरेन्द्र परियार,१८ वर्षिय पुरन परियार, राेल्पा कुरेलीका ५२ वर्षिय नरबहादुर विक र ४० वर्षिय दिल बहादुर विक रहेका छन् । यसैगरी दाङ गढवाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ति , राजपुर ६ का २० वर्षिय दिपेश चाैधरी, तुलसीपुर २ खैरिखाेलाका २३ वर्षिय रूपलाल केसि, ४० वर्षिय विष्णु गिरी र मेघराज केसी रहेका छन् । यसैगरी सिद्ध कुमाख ४ छापडाँडाका का २८ वर्षिय लाेकेश घर्ति, १८ वर्षिय शिव भण्डारी, सिद्धकुमाख ५ का १८ वर्षिय धन बहादुर बाेहरा, सिद्धकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथाेकी, १८ वर्षिय देवेन्द्र खड्का र १७ वर्षिय ज्ञान बहादुर बाेहरा रहेका छन । वनगाड कुपिण्डे ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा, शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेका छन् ।
उक्त घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारकोक्रममा मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको छ जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर उक्त गाडी दुर्घटना भएको थियो।