सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका मध्ये एकजना धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल रहेको जनाइएको छ ।
मंगलबार पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफुलाई कोरोना सङ्क्रमण भएको बताएका छन् । यस्तै पुष्टि भएका अर्का संक्रमित व्यक्ति भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेको पोखरेलले बताएका छन्।
गाउँपालिका अध्यक्ष नै कोरोना संक्रमित भएपछि अहिले धुर्कोटका अधिकांश वडाहरू सिल गरिएको छ ।साथै अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केही हप्ता एकान्तबास बस्ने अध्यक्ष पोखरेलले बताएका छन् ।
गाउँपालिका भित्र कोरोना संक्रमण देखिए पनि सामाजिक दूरी कायम गरेर पारिवारिक रुपमा कृषि कर्म गर्न अनुमति दिएको छ ।