कोरोनाविरुद्धको लडाइँमा आर्थिक सहयोग गर्ने टप दानवीरहरू : सहयोग गर्ने सुचीको पहिलो नम्वरमा ट्विटरका सीईओ ज्याक डोर्सी

संसारका ४३ लाख मानिसलाई संक्रमणको चपेटामा पारिसकेको र झण्डै तिन लाख बढि मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व लाई नै आतंकित बनाइएको छ। विश्वका अधिकांस देशहरुमा अहिले लकडाउन को स्थितिमा छन् । जसले गर्दा सम्पूर्ण विश्वको अर्थतन्त्रमा असर परेको छ । यसैबिच कोरोना भाइरस को महामारीबाट बच्नका लागि विभिन्न देशहरुले कोरोना रोकथाम तथा उपचारकेन्द्रको लागि अर्बौं रकम छुट्याएका छन् । जसमा विभिन्न उद्योगपति व्यापारी सेलिब्रेटी सबैले मन खोलेर आर्थिक सहयोग गरिरहेका छन् । बिश्वभरी कोरोना रोकथाम तथा उपचार केन्द्रमा सहयोग गर्ने टप दानवीरहरू को सूची यस्तो छ

ज्याक डोर्सी :कोरोना भाइरसविरुद्धको लडाइँमा एक अर्ब अमेरिकी डलर रकम कोरोना भाइरस महामारीको उपचार, रोकथाम तथा अनुसन्धानलगायतका कार्यका लागि दान गर्ने माइक्रो ब्लगिङ साइट ट्विटरका सीईओ ज्याक डोर्सी पहिलो नम्बरमा पर्दछन्

बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले कोरोनाविरुद्धको लडाइँका लागि २५ करोड ५० लाख डलर रकम प्रदान गरेका छन् । उनिहरुले आफ्नो संस्था बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनको तर्फबाट उक्त रकम सहयोग गरेका हुन।

अजिज प्रेमजी:भारतका तर्फबाट सबैभन्दा ठूलो व्यक्तिगत आर्थिक सहयोग गर्दै,भारतमा सूचना प्रविधि क्षेत्रका वादशाह अजिज प्रेमजीले कोरोनाविरुद्धको लडाइँमा १३ करोड २० लाख डलर दान गरेका छन् ।

जर्ज सोरोस: अमेरिकामा बस्दै आएका हंगेरियन मूलका अमेरि अर्बपति तथा समाजसेवी जर्ज सोरोसले कोरोना महामारीको रोकथाम का लागि १३ करोड डलर आर्थिक सहयोग गरेका छन् ।

अमेजन कम्पनीका मालिकजेफ बेजोस:  विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका मालिक जेफ बेजोस कोरोनाविरुद्धको लडाइँमा १० करोड डलर आर्थिक सहयोग गर्दै बेजोस ५ नम्बरमा छन् । लकडाउनका बेला अमेजनको अनलाइन व्यापार चम्किँदा बेजोसको सम्पत्तिमा पनि ठूलो बढोत्तरी भएको छ ।

जेफ्री स्कल:  क्यानाडेली अर्बपति तथा इन्टरनेट क्षेत्रका बादशाह, स्कल फाउण्डेसनका अध्यन जेफ्री स्कोलले कोरोनाविरुद्धको लडाइँमा १० करोड डलर आर्थिक सहयोग गरेका छन् ।

माइकल ब्लुम्बर्ग : मिडिया कम्पनीका परिचित अमेरिकी अर्बपति तथा बादशाह माइकल ब्लुम्बर्गले कोरोनाविरुद्धको लडाइँका लागि सात करोड ४५ लाख अमेरिकी डलर योगदान गरेका छन् ।

लीन एण्ड स्टेसी सुस्टरम्यान : अमेरिकी स्टेसी सुस्टरम्यान की पत्नी लीनले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा सात करोड अमेरिकी डलर दान गरिसकेका छन् ।

मार्क जुकरबर्ग : फेसबुकका सस्थापक तथा सीईओ मार्क जुकरबर्गले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अढाई करोड अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस