सल्यान, १६ भदौ । सल्यान खलंगास्थित एमएम एकेडेमी प्रालिले बाढीपीडितका […]
सल्यान, भदौ २१ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सल्यानको कालिमाटीमा अटो दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं, २ वर्दीका २९ वर्षीय प्रेम डाँगी र अटोमा सवार कालिमाटी गाउँपालिका, ५ काल्चेका १८ वर्षीय मेघराज सार्की घाइते हुनुभएको हो ।
आइतबार राति करिब ८:२० बजे कालिमाटी गाउँपालिका वडा नं, २ सेतीखोला स्थित कालिमाटी सुर्खेत सडकखण्डमा कालिमाटीबाट गुर्भाकोट तर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १५८० नम्बरको अटो अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुवैले मादक पदार्थ सेवन गरेको पाइएको छ । डाँगीको टाउकोमा तथा सार्कीको बायाँ खुट्टामा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
