सल्यानका ५४ जनाको अवस्था अझै अज्ञात

सल्यान, ११ भदौ ।

त्रिवेणि सहित सल्यानका ५४ जना नागरिक अझै सम्पर्कविहिन छन् । बेपत्ता ५९ मध्ये बनगाड कुपिन्डे नगरपालिका-६ गोगन कटेराका दीपक यरी नुवाकोटस्थित नेपाली सेनाको त्रिशूली ब्यारेकमा सकुशल भेटिएको खबरब छ । यसअघि सोही नगरपालिकाको वडा नं. ६ गैरीगाउँका गिरिलाल बुढाथोकी र गगनकटेराका ढाकविर यरी घाइते अवस्थामा परिवारको सम्पर्कमा आइसकेका छन् । तर, गिरिलालका परिवारका ५ जना सदस्यहरू बेपत्ता छन् । अरु ६ जना पनि बनगाडका नागरिक सम्पर्कविहिन छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका वडा नं. ६ का १५ जना नागरिकहरू हालसम्म सम्पर्कविहीन रहेका छन् । कुमाख गाउँपालिकाका वडा नं. ३ गुरुदासेका ७ जना सम्पर्कविहिन छन् भने वडा नं १ का दुई जना सम्पर्कमा आएका छन् ।

यस्तै शारदा नगरपालिका वडा नं. १३ सल्लेरीका ५ जनाको अवस्था पनि अज्ञात छ । सिद्धकुमाखका दुई, कालिमाटीका दुई र बागचौरका दुई जना पनि सम्पर्कविहिन छन् ।

प्रतिक्रिया दिनुहोस