प्रहरी कारवाही विधिबारे ६ दिने अनुशिक्षण सुरु

 

सल्यान, २५ साउन ।

सल्यानमा आधारभूत प्रहरी कारवाही विधि विशेष अनुशिक्षण तालिम सुरु भएको छ । जिल्लामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई लक्षित गरी सञ्चालन गरिएको तालिम छ दिनसम्म चल्नेछ । सोमबार देखि सुरु भएको तालिम भदौ १ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंको तत्त्वावधान तथा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज, बाँके) को सहकार्यमा सञ्चालन गरिएको तालिमको जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी निरीक्षक ईश्वर रोकायले उद्घाटन गरेका थिए । प्रहरी कर्मचारीलाई प्रहरी कारबाहीका आधारभूत विधि, कानुनी प्रक्रिया तथा कार्यसम्पादनका क्रममा आवश्यक पर्ने व्यावहारिक ज्ञान र सीपमा थप दक्ष बनाउने उद्देश्यले अनुशिक्षण तालिम सञ्चालन गरिएको जनाइएको छ ।

तालिममार्फत प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै प्रहरी कारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र कानुनसम्मत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस