सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
जिल्ला बागचौर नगरपालिका-२ मा रहेको ब्राइट राेजल्यण्ड बोडिङ्ग स्कुलले आफ्नो १५औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रममा प्याब्सन सल्यानका उपाध्यक्ष भरतकुमार बस्नेतको विशिष्ट आतिथ्य तथा , माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., नेपाली काँग्रेस बागचौर नगरपालिका सभापति दिपेश डाँगी , पत्रकार महासंघ प्रदेश परिषद सदस्य प्रकाश भन्दारी, जिल्ला सचिव टिकाराम भण्डारी, जनपत्रकार संघठन कर्णाली प्रदेश सचिव खकेन्द के सि , जिल्ला अध्यक्ष बरेन्द डि.सि. एपि वान टेलिभिजन का सल्यान संवाददाता खकेन्द सामि , रेडियो मध्यपहाड का कार्यक्रम सञ्चालक प्रदिप मगर , बागचाैर पाेलिक्लनिक का सञ्चालक शारदा वलि लगाएतका अतिथि हरुकाे सहभागीता रहेकाे थियाे ।
वार्षिक उत्सवको अवसरमा बिधालय ले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेको थियो जसअन्तर्गत भलिबल, कबड्डि, हाजिर जवाब, बक्तित्वकला, वादविवाद , दौड , कविता प्रतियोगिता, बौद्धिक परीक्षण , कम्प्युटर टाइपपिङ परिक्षण, चम्चा दौड, कुर्सी दौड, बेलुन फुटाउने, घैंटो फुटाउने , हिसाब दौड, सुइ धागो दौड, ताताे अालु , नृत्य लगायतका कार्यक्रमहरु संचालन गरी उत्कृष्ट नतिजा ल्याउने २८९ जना विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कृत गर्नुका साथै सम्पुर्ण शिक्षक हरुलाइ सम्मान गरेकाे थियो ।
बिधालय का इन्चार्ज झक्कु प्रशाद शर्मा को स्वागत मन्तब्य बाट सुरु भएकाे कार्यक्रम काे अध्यक्षता िप्रन्सिपल इन्द्र बहादुर भण्डारी ले गरेका थिए भने कार्यक्रम काे सञ्चालन जिल्ला प्यावसन सल्यान का सचिव तथा बिधालय का काेडिनेटर खिमराज डि सि ले गरेका थिए।
