अघिल्लाे पटक गाउँपालिका अध्यक्ष बनेका बस्‍नेत अहिले वडा सदस्यमै पराजित

३ जेठ २०७९, मंगलवार

सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

प्रतिक्रिया दिनुहोस