सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सरकारले गरेको पेट्रोलिएम पदार्थ को मुल्य वृद्धि बिरुद्ध दाङका यातायात व्यवसायीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सघटन जिल्ला कमिटी दाङको आयोजना मा सम्पन्न भएको कार्यक्रम मा दाङ जिल्ला बाट सचालित यातायात प्रालिका प्रमुख हरुको सहभागीता रहेको थियो। कार्यक्रम बोल्ने अधिकाङ्स यातायात व्यावसायिहरु ले सरकारले एक महिना म दुई पट्क सम्म पेट्रोलिएम पदार्थ को मुल्य बढाएर यातायात ब्यबसायी को ढाड सेकेको बताएका छ्न ।
यातायात का साधन अब तिरपाल ओडाएर राख्नको बिकल्प नरेको ऊनीहरुको भनाई रहेको छ। यति महङ्गो तेल हालेर हामी गाडी चलाउन नस्क्ने अब्स्थामा पुगेको राप्ती सेवा यातायात प्रालिका अध्यक्ष बिनोद शर्मा ले बताए ।
यस्तै कार्यक्रम मा बोल्दै त्रिसिदेस्वरी यातायात प्रालिका सचीव मीन प्रकाश शर्मा प्रकाश ले राज्यले सधै आफुहरुलाई उपेक्षित गर्दै आएको र निजि लगानी लाई सम्मान गर्नुकाे साटाे उनिहरुको समस्या समाधान गर्न तिर नलागेर उल्टै महिनै पिच्छे पेट्रोल को भाउ बढाएर आफ्ना यातायात चल्न नसक्ने अबस्थामा ल्याएकाेले अव गाडि चलाउन नसकिने बताए ।
राप्ती अचल सयुक्त ट्रक ब्यबसायी समिति का प्रतिनी इश्वर पान्डेले चौहत्तर रुपैया बाट बढेर डिजेल को भाउ एक सए सताईस पुग्यो तर हाम्रो ढुवानी भाडा कहिले बढेन ।राज्यले हामिले थेक्न नस्क्ने गरि भाउ बढाएकोले अब आफ्ना ट्रक थन्क्याउन बाध्य हुने बताए ।कार्यक्रम बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर सगठ्न दाङका अध्यक्ष केशवराज भण्डारी ले ब्यबसयी बाचे मात्र मजदुर बाच्न सक्ने भन्दै यहाँ त ब्यबसायी धरासय भैइ सके अब मजदुर कसरी बाचने भन्ने चिन्ता सम्पुर्ण मजदुर लाई भएको बताए ।
उक्त अन्तरक्रिया कार्यक्रम मा दाङका यातायात ब्यबास्यी यातायात मजदुर पत्रकार लागाएत्को सहभागी ता रहेको थियो ।