सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
लमजुङमा सफल व्यवसायीका रुपमा चिनिने नाम हो राजेन्द्र अधिकारी।
उनी लमजुङमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । अटोलिंक प्रालिको अध्यक्षको रूपमा कार्यरत उनी रानीवन तेल उद्योगका सञ्चालक समेत हुन।
व्यवसाय मात्र नभई उनी राजनीतिमा समेत अब्बल देखिदै आएका छन् ।२०५८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मा क्रियाशील सदस्यका रुपमा आफ्नो राजनैतिक जीवन सुरु गरेका उनले २०६० सालमा लमजुङ जिल्ला कमिटी सदस्य हुँदै २०६१ सालमा जिल्ला कमिटी सह-सचिवको भुमिका गरे। २०६२ सालमा अनेरास्ववियुकै जिल्ला कमिटी सचिव रुपमा कार्य गर्न थाले ।
त्यसपछि विभिन्न कमिटी तथा संगठनमा आवद्ध रहँदै हाल नेपाल कम्युनिस्ट पार्टीे एमाले लमजुङ जिल्लाको आठौं अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा समेत मनोनित भए । यतिमात्र नभई उनी नेपाल खेलकुद महासङका केन्द्रीय सदस्य समेत हुन्।