बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी

असोज ३१, २०७८ आइतबार

हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो ।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ ।

यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ ।

यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ । हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो ।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ ।

यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ ।

यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस