धान बालि जाेगाउन थापिएकाे विद्युतीय धरापमा परि एकै घरका ३ जनाको मृत्यु

२ आश्विन २०७८, शनिबार

२ आश्विन, बर्दिया । धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिले जनाएको छ । धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यस अघि पनि करेन्टमा बाघ परेकाे थियोे ।

प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस