लोक सेवा आयोग गण्डकी प्रदेशद्धारा स्वास्थ्य तर्फ ९ सय बढी कर्मचारी माग

३० भदौ २०७८, बुधवार

३० भदौ । लोक सेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाएको छ । स्वास्थ्य क्षेत्रका विभिन्न पदका लागि आयोगले दरखास्त माग गरेको हो ।

आज बुधबार गोरखापत्रमा सूचना निकालेर प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले विज्ञापन निकालेको छ ।

आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको हो । ९ सय जनाभन्दा बढि स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आब्हान गरेको छ ।

१७२ जना अहेव खुलातर्फ माग गरिएको छ। यो संख्या सबैभन्दा धेरै माग गरिएको पद हो । यस्तै अनमी यस्तै, अनमी खुलामा १३० जना माग भएको छ।

मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। यो स्थानीय सेवा अन्तर्गत आठौं तह, मेडिकल अधिकृत, र विभिन्न सेवा समुहका चौथो तह प्राविधिक तर्फ माग गरेको हो ।

हेर्नुहोस् पुरै विज्ञापन



प्रतिक्रिया दिनुहोस