सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
२६ भदौ । स्वदेशि तथा विदेशि पाहुनाको लागि नेपाली स्वाद पस्कनको लागी दाङको घोराहिमा गत महीना देखि टोला रेष्टुरेण्ट एण्ड पार्टि प्यालेस सञ्चालनमा आएको छ । ४०० भन्दा बढि मानिस अट्न सक्ने क्षमताको ब्याङकुइट हल र उत्कृष्ट रुम सहित पारिवारीक बातावरण भएको रेष्टुरेण्ट सञ्चालनमा आएको सञ्चालनक दिपक बोहराले बताएका छन् ।
करिब ५ बर्षको कोरियाको बसाइ सकाएर नेपाल आएका युवा सञ्चालक बोहराले बिदेशमा सिकेको सिपलाइ नेपालमै बसेर पनि विदेशको जस्तै पैसा कमाउन साथै व्यापारिक क्षेत्रका रुपमा स्थापना हुने हुँदा रेष्टुरेण्ट खोलेका छन् । बोहराको रेष्टुरेण्टमा सेफ तथा म्यानेजमेन्ट हेड खुमानन्द केसी दक्ष एवं विभिन्न देशमा लामो अनुभव सङ्गालेका स्टाफ भएकोले ग्राहकले विभिन्न स्वादिष्ट खानाको साथै स्वस्थकर खाना पाइनुका साथै निकट भविष्यमै लोकल खानालाइ प्रवर्दन गर्ने लक्ष्य रहेको बताए ।
टोला रेष्टुरेण्टमा विशेष गरि मटन आइटम, चिकेन, स्वादिस्ट र रैथाने खानाहरु जस्तै :- कोदोको मोमो, फापरको पिज्जा, तराइको पौष्टिक एवं थारु जातिको प्रचलित खाना घोङ्गीको साथै कचुम्बर सलाद उपलब्ध हुने सञ्चालकले जानकारी गराएका छन् । खानाको प्रस्तुतिमा पनि ग्राहकहरुले फरक अनुभुती गर्न पाउनेछन् ।
थोरै लगानीमा स्तरिय पद्दती, स्वदेशि तथा विदेशिको अनुभवका साथ स्थापना भएको टोला रेष्टुरेण्टले पारिवारिक वातावरमा खानाको व्यवस्था, बार, सुरक्षित पार्कीङ, पारिवारिक जमघट विवहा, बर्तबन्ध, जन्मोत्सव जस्ता कार्यक्रमको लागि कन्फ्रेन्सहलको सुविधा रहेको सञ्चालक दिपक बोहराले जानकारी गराएका छन् ।