कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
२३ साउन | २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको प्रमाणीकरणलाई विश्लेषण गर्न बोर्डले आवश्यक नठानेकाले जीपीएमा हेरफेर नगरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।
त्यस्तैगरी अन्य विभिन्न माध्यमहरुबाट पनि नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा बोर्डको वेबसाइट र आईभीआर प्रयोग गर्न सकिने छ ।
त्यसका लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार नतिजा हेर्न सकिने छ ।
कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबारको बैठकले कक्षा १२ को साउन ३१ देखि निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न चौतर्फी दबाब परिरहेको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीले कक्षा १२ को परीक्षा स्थगित गरिएको र १५ दिनको समयावधि राखेर अर्को मिति निर्धारित गरिने जानकारी दिए।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहित सबै तहको परीक्षा स्थगित गर्न सिसिएमसी तथा शिक्षा मन्त्रालयलाई अनुरोध गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका थिए।