सल्यान, २३ कार्तिक । युवा सोच र विचारः शारदाको समृद्धिको […]
सांसदमा पुनर्वहालीको माग गर्दै पूर्व माओवादीका चार जना सर्वोच्च अदालत पुगेका छन् ।
पार्टी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गर्दा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर पदमुक्त भएका थिए ।
चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा गरिएको कारवाही कानुन र माओवादीको विधान विपरीत भएको उनीहरुको दाबी छ ।
आफूहरूलाई परमादेशबाट सांसद पदमा पुन बहाली गर्नुपर्ने माग उनीहरुले रिटमा गरेका छन् ।
आफूहरुले माओवादी त्यागेको पुष्टि अहिलेसम्म नभएको उनीहरुको जिकिर छ ।
उनीहरूको रिटमा बिहीबार लागि पेशीसमेत तोकिसकिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा दल त्याग गरेको पुष्टि हुनुपर्ने भने पनि आफूहरूले दल त्यागेको कुनै प्रमाण नभएको दाबी उनीहरूहरुको छ । दल त्याग नगरेकोले आफूहरू सांसदमै कायम हुनुपर्ने उनीहरूको दाबी छ ।
निर्वाचन आयोगको विवरणमासमेत आफूहरू एमालेको सदस्यको रुपमा नरहेको उनीहरूको भनाई छ ।