सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
काठमाडौं । पार्टी एकता अभियानमा किचलो बढेपछि असन्तुष्ट हुँदै संघीय सांसदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष डा. भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदाका बखत वरिष्ठ नेता नेपालले आफ्नो आग्रह नमानेको भन्दै राजीनामा दिएका थिए ।
त्यसपछि उनलाई राजीनामा फिर्ता लिनका लागि पार्टी पंक्तिबाट दबाब आएको थियो । रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
उनले पार्टी र जनताको आग्रह मान्दै राजीनामा फिर्ता लिएको बताएका छन् । साउन ३ गते उनले संघीय सांसद पदबाट राजीनामा दिएका हुन् ।
पार्टी एकतामा शीर्ष नेतृत्वलाई दबाब दिनका लागि उनले राजीनामा दिएका थिए । राजीनामापछि अध्यक्ष केपी शर्मा ओलीले नै फिर्ता लिन अनुरोध गरेका थिए ।
यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि राजीनामा फिर्ता लिनुपर्ने बताएका थिए । सुदूरपश्चिमका सांसदहरुले त सामूहिक रुपमै भेटेर राजीनामा फिर्ता लिनुपर्ने अनुरोध गरेका थिए ।