सल्यान, ११ माघ । सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि […]
१७, बैशाख ,सल्यान|(कोभिड- १ ९ )कोरोना भाइरस र यसबाट संक्रमित ब्यक्तिलाई मध्यनजर गर्दै छत्रेश्वरी गाउँपालिकाले तीनवटा एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ।
गाउँपालिका अन्तरगत स्वास्थ्य संस्थाहरुमा रहेका ३ वटा एम्बुलेन्स गाउँपालिकाको कार्यालयमा ल्याई तयारी अवस्थामा राखिएको हो।
हाल सल्यानमा पनि कोरना संक्रमीत व्यक्तिहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गहिरहेको अवस्थालाई मध्यनजर गरी ३ वटै एम्बुलेन्स गाउँपालिकाको स्वास्थ्य शाखाबाट संचालनमा आउने गाउँपालिकाले जनाएको छ
साथै एम्बुलेन्स आबस्यक परेको खण्ड मा गाउँपालिका स्वास्थ्य शाखा उप – प्रमुख गणेश डाँगी लाई : ९ ८४८३४३३६२ सम्पर्क गर्न सकिने छ ।
हाल बिश्वभरि फैलिरहेको कोरोनाका कारण संक्रमीत हुने बिरामीहरु को संख्या सल्यानमा पनि दिनप्रतिदिन तिब्रगतिमा बढ्दै गइरहेको छ।
सल्यानमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या पनि तीन पुगिसकेको छ।