दुर्घटना न्यूनीकरण गर्न सल्यानको बागचौरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

०५, बैशाख २०७८

बागचौर नगरपालिका को आयोजना र अस्थायी ट्राफिक पोस्ट थारमारेको पहलमा दुर्घटना न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखिकरण बागचौरमा सम्मपन्न भएकाे छ ।

आइतबार विभित्र किसिमका सवारी साधनका चालकहरु र अन्य यातायात सेवाग्राहीलाई अभिमुखिकरण दिएको हो । जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख दिपेन्द्र केसी र जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले अभिमुखिकरण गरेका हुन् ।

अभिमुखिकरणमा सयभन्दा भन्दा बढी चालकहरू तथा यातायात सेवाग्राहीहरुको सहभागीता रहेको थियोे । यस्ता अभिमुखिकरण कार्यक्रमले सवारी चलाउने चालकहरुलाई सम्पुर्ण नियम, कानुन सम्बन्धि जानकारी हुने , सवारी दुर्घटनामा कमि अाउने बिश्वास रहेकाे र नगर प्रमुख लाेकमान बुढाथोकीले बताए ।

बागचौर नगरपालिकाका नगर प्रमुखको श्री लोकमान बुढाथोकीको सभाध्यक्षतामा सुरुभएको कार्यक्रममा अतिथिहरु नगर उप-प्रमुख कल्पना पुन, नि.प्रमुख प्रशासकीय अधिकृत हरि ब.कठायत, जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरिक्षक गोविन्द थापा, जिल्ला ट्राफिक कार्यालय प्रमुख दिपेन्द्र कुमार के.सी., अस्थाई ट्राफिक पोष्ट थारमारे प्रमुख बिरेन्द्र कठायत लगायत समाजसेवी, बुद्धिजीवी , पत्रकार, कर्मचारी तथा विभिन्न सवारी चालकहरुको उपस्थित रहेको थियो ।भने कार्यक्रमको सञ्चालन पत्रकार खिमराज स्वर्णकारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस