सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
चैत्र २९| सल्यानको छत्रेश्वरी गाउँपालिका २ झिम्पेको साउनेपानीमा टेलिकमको टावर संचालनमा आएको छ ।
२०५४ सालमा तत्कालीन विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगजनी गरि पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको टेलिकमको टावर पुन: सञ्चालनमा आएको हो ।
गाउँपालिकाले बजेट बिनियोजन गरि अघिल्नो बर्ष टावर रहेको स्थानसम्म बिधुत बिस्तार गरेर नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा टावर पुन : सन्चालनमा ल्याएको हो ।
आइतबार एक कार्यक्रमका बिच सञ्चालन गरिएको उक्त टावरबाट सल्यान तथा रोल्पाका विभिन्न स्थानका सेवाग्राहीले लाभ लिन सक्नेछन्। कार्यक्रममा बोल्दै २० वर्ष पछि टावर संचालनमा आउँदा आफू असाध्य हर्षित भएको छत्रेस्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।
आफूहरूको अथक प्रयासपछि आफ्नो कार्यकालमा टावर सञ्चालन हुँदा महत्वपूर्ण उपलब्धि हासिल गरेको अध्यक्ष केसीले बताएका थिए ।