नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
२०,चैत्र सल्यान । सल्यानको बागचौर नगरपालिकाको समन्वयमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा तथा स्वास्थ्य शिविर बस्ने भएको छ ।
चैत्र २६ गते बिहीबारका दिन सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उक्त शिविर सञ्चालन हुने भएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सञ्चालन हुने उक्त शिविरमा महिला प्रजनन स्वास्थ्य अन्तर्गत तल्लो पेट दुख्ने,फोहोर पानी बग्ने, योनी चिलाउने ,महिनावारी गडबडी ,आङ खस्ने समस्या ,पाठेघरको क्यान्सर चेकजाच, गर्भपति चेकजाँच तथा परामर्श जस्ता सेवाहरु उक्त शिविरमा हुनेछन।
बाँझोपन निसन्तानको समस्या भएकाहरूको उपचार तथा परामर्श, स्तन दुख्ने, स्वास्थ्य भारी हुने, स्तनमा गिर्खा तथा गाठागुठीको उपचार तथा परामर्श जस्ता समस्या भएकाहरुले उक्त शिविरबाट लाभ लिनसक्ने नगरपालिकाले जनाएको छ।
