सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१४,चैत्र|चितवनको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ।
प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।
दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताए।
थापाका अनुसार स्कुटरमा अधिकारी, उनकी छोरी र भतिजी तीन जना सवार थिए।
‘भरतपुरबाट घरतर्फ गइरहेका स्कुटर तीब्र गतिमा रहेको र ओभरटेक गर्नेक्रममा दुर्घटना भएको प्ररम्भिक जानकारी आएको बुझिएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई पांग्रे सवारी साधनको तीब्र गतिका कारण चितवनमा ठूला दुर्घटना बढ्दै गएको डिएसपी थापाले बताए।