सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
१३ चैत । आफ्नो नेतृत्वको सरकार तत्काल नढल्ने पक्का भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यसैगरी हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाई भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिएको बुझिएको छ ।
नयाँ मन्त्रीहरूको दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
आङबुहाङ माओवादीबाट एमाले प्रवेश गरेका हुन भने राई नेपाल समूहबाट ओली समूहमा फर्किएकी हुन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री दिएको बुझिएको छ । तर केही नाम अझै छलफकै क्रममा रहेकाले हेरफेर हुनसक्ने मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपनि फिर्ता गर्ने सहमति भैसकेको छ ।