सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
१० चैत्र ,सल्यान|घरेलु मदिरामा विभिन्न प्रकारका क्यामिकल हरु को प्रयोग गरी स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सल्यानमा प्रहरीले घरेलु मदिरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ
मंगलबार आज प्रहरी कार्यालय सिमखोली बाट खटिएको टोलीले सल्यानको बाङ्गेलाखुरीमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ
स्थानीय बजार बाङ्गेलाखुरीमा विभिन्न होटेल तथा नास्ता पसलबाट करिब १८ लिटर मदिरा वरामद गरि नष्ट गरेको प्रहरी कार्यालय सिमखोलीका प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार सोमबार हिजो मात्रै स्थानीय बजार खुरखुरेबाट करिब ३७ लिटर मदिरा बरामद गरि नष्ट गरिएको थियो ।
वरामद गरिएको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको र उनले घरेलु मदिरा बेचविखन नगर्न विनम्र अनुरोध गरेको बताएका छन्