सल्लिवजारमा नेता शाहद्वारा लिफ्ट खानेपानी अायाेजनाकाे शिलान्यास

११ फाल्गुन २०७७

सल्यानकाे सल्लिवजारमा लिफ्ट खानेपानी अायाेजनाकाे शिलान्यास गरिएको छ ।

विगत लामो समय देखि विवाद हुदै अाएको लिफ्ट खानेपानी हाल अाएर काम अघि वढ्ने भएको छ ।२०७२ सालमा अाएको अायाेजना २०७७ मा शिलान्यास भएकोमा प्रदेश संसद गुलाफ जंग शाहले दुख व्यक्त गर्नु भएको छ ।

वर्षेनि गर्मि समयमा खानेपानीकाे चरम संकट व्यहोर्नुपर्ने यहाँका स्थानीय भने याे अायाेजना सम्पन्नता पश्चात् खानेपानीकाे समस्याबाट निकास पाउने अासा राखिएको छ ।

६ वर्ष पहिले विनियोजन भएको वजेट वल्ल राजनैतिक विवाद समाधान पछि अघि वढ्ने भएको हो ।

कार्यक्रममा बोल्दै नेता शाहले खुट्टा ताने प्रविधि प्रति अाफु निकै मर्महात भएको बताउनु भयो ।२०७२ सालमा नेता शाहकाे पहलमा ४ लाख विनियोजन भएको थियोे तर उक्त कामले सार्थकता पाउन सकिरहेको थिएन ।

आएको विकासलाई सबैले अपन्वत्त गर्न उहाँको जाेड थियोे ।अाफ्नाे निर्वाचन क्षेत्रमा केही व्यक्तिकाे संकेतिक इसारामा ठुलो याेजनाकाे काम हाेल्ड भएको जनाउनु भएको छ ।

रुकुम चौहजारी सडक खण्ड पिच हुन नसक्नुको मुख्य कारण तेहि भएको उहाँको भनाइ छ ।राजनीतिक प्रतिसोधले अाफ्नाे निर्वाचन क्षेत्रका महत्त्वपूर्ण ठुला याेजना अघि नवढाउनुमा कर्णाली प्रदेश सरकार यसको दाेषि रहेको संकेत गरिएको छ ।

राजनीतिक रुपमा खुट्टा तान्ने प्रविधिले बनगाड पछि परेको जनाएको छ ।वजारमा वसेर अरुका हजार कुरा गर्नेहरु भन्दा अाफ्नाे काम र उद्देश्य प्रती मात्रै ध्यान दिन अावश्यक रहेको औंल्याएको छ ।

जनताले विकासमा अगुवाइ गर्ने वतावरण तय गर्न भनिएको छ ।तर यहाँका जनप्रतिनिधिकाे अवस्था हेर्दा जनता प्रती जवाफदेही नभएको शाहकाे दुखेसो थियोे ।अर्कोपटक पनि जनतामाझ जान सक्ने अवस्थाकाे सृजना गर्न उहाँको विशेष जाेड थियोे ।

लिफ्ट खानेपानी जनश्रमदान सहित ५ कराेड ७६ लाख र ५ सय घरधुरीका लागि २ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण हुने जनाएको छ।सल्लिवजार,वस्नेरा जिउला,आँपखोली,खाम्नेचौर वस्तिहरुमा खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।त्यसैगरि बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुनले विकासमा साझेदारी अावश्यक रहेको जनाउँदै लिफ्ट खानेपानी अायाेजनामा वजारवासिकाे अधिकतम् सहयोग रहेको जनाउनु भयाे ।

त्यसै गरि धारणा राख्ने क्रममै जिल्ला समन्वय समिति सदस्य अासा वलि,१ नं वडा अध्यक्ष शान्त कुमार यरि,खानेपानी सिचाइ उर्जा विकास कार्यलय सल्यानका प्रमुख पदम प्रसाद देवकोटा,लिफ्ट खानेपानी समितिका अध्यक्ष दिपवहादुर खड्काले खानेपानी अायाेजना सफल वनाउन सबैलाई अाह्वान गर्नु भएको छ ।उपभोक्त समितिका सचिव टेकबहादुर पुनले सञ्चालन गर्नु भएको थियोे ।

समितिले भुमि निर्माण सेवा राेल्पालाइ कामकाे जिम्मेवारी समेत दिइसकेको छ ।खानेपानी अायाेजना सम्पन्न भए पछि सल्लिवजार वासिकाे खानेपानी समस्या सल्टिने छ ।


प्रतिक्रिया दिनुहोस