बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
११ फागुन । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्ने बताएका छन् । मंगलबार सर्वोच्च अदालतको प्रतिनिधिसभा पुर्नस्थापनाको फैसलापछि मिश्रले सामाजीक संजाल फेसबुक मार्फत् यस्तो प्रतिक्रया दिएका हुन् । उनले नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त नभएको बताएका छन् ।
उनले लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ।’ ‘लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ।
तर ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’उनले फेसबुकमा लेखेका छन् ।
‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ।
तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्। सबैलाई बधाई । नेपालको जय होस् !’ मिश्रले फेसबुका लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
