१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

११ फागुन २०७७, मंगलवार

काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिन भित्र बोलाउन आदेश गरेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको हो ।

केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मुलुकका प्रमुख दलहरु आन्दोलनमा थिए । संविधानमा विघटनको हुँदै नभएको अधिकार प्रयोग गरेको र यो असंवैधानिक भएको राजनीतिक दलहरुले लगाउँदै आएको थियो

प्रतिक्रिया दिनुहोस