नेकपा द्वारा छत्रेश्वरि गाँउपालिकामा पार्टी र युवाको कमिटी गठन

०७ फाल्गुन २०७७

सल्यान
नेपाल कम्युनिस्ट पार्टी नेकपा (केपी ओली) समुहले छत्रेश्वरि गाँउपालिकामा गाँउपालिका स्तरीय पार्टी कमिटी तथा राष्ट्रिय युवा संघको गठन गरी जिम्मेवारी दिएको छ ।

शनिवार छत्रेश्वरि गाउँपालिका वडा नंं ५ लेखपाेखरामा भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संगै गाँउपालिकामा कमिटी निर्माण गरेको छ । ज्ञान ब खडकाकाे अध्यक्षतामा३६ सदस्यीय गाउकमिटि तथा घन ब केसीकाे अध्यक्षतामा ३५ सदस्यीय युवा सघ गठन गरिएको छ।

नेकपाकाे छत्रेश्वरी गाउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमकाे प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा *क* का मा. गुलाव जंग शाह ,विशिष्ट अतिथि नेकपा के.स.,भुमि समस्या समाधान अायाेगका अध्यक्ष लाेक ब डाङ्गी,अतिथिहरु कपुरकाेट गापा अध्यक्ष तथा प्रदेश कमिटी सदस्य भिम ब सेन,अनेमसघ के.स.,भुमि समस्या अायाेगका सदस्य कुन्ता बस्नेत,जिकस दिपेन्द्र डिसि,जनक विक,प्रेदश परिषद सदस्य द्राेर्ण केसी,अनेरास्ववियु के.स. राम ब केसी ,यकराज थापा,युवासघ संयाेजक रुपक बुढा,अखिल सह- सयाेजक पुष्कर विक,युवासघ नवराज वलि,डिल्ली राज खडका,दिपक दहाल लगायतका थुप्रैकाे उपस्थिति रहेकाे थियो ।

नेकपाका जिकस/ छत्रेश्वरी अध्यक्ष ज्ञान ब खडकाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सल्यान-काठमान्डाैं सम्पर्क मञ्चका अध्यक्ष फाैद बस्नेतले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस