काठमाडौँ — चार वर्षअघिदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवालाई काठमाडौं […]
गणेशमान सिहद्धारा लिखित ‘केही कविता केही कथा’को शनिबार सल्यान खलंगामा लोकार्पण गरिएको छ ।
सल्यानका प्रदेश सभा (क) का सदस्य गुलावजङ शाह लगायतका विशिष्ट व्यक्तिहरुले उक्त कृतिकको लोकार्पण गरेका हुन । समाजमा भइरहेका घटना नजिकबाट अध्ययन गरेर कविता र कथाको माध्यमबाट रुपान्तरणको संकल्प बोकेको लेखक गणेशमान सिहंले बताए ।
कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहले राजनीतिलाई सहि ढगंले बुझे मात्र समाज रुपान्तरण गर्न सकिने बताए । समाजमा हुने जुनसुकै काममा पनि राजनीतिले नेतृत्व गर्ने भएकाले समाजलाई शान्तिपुर्ण ढगंले अगाडी बढाउनको लागि सबैको भुमिका महत्वपुर्ण रहेको र सम्पूर्ण क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले समाजका व्यथितीलाइ थितीमा राख्नको लागि पनि साहित्यकार जाग्नुपर्ने बेला भएको बताए
कार्यक्रममा पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, पुर्व साँसद नेत्रलाल श्रेष्ठ, जिल्ला समन्वय समिती प्रमुख केश बहादुर विष्ट, भूमि समस्या समाधान अयोगका अध्यक्ष लोक बहादुर डाँगी, काग्रेश सल्यानका सभापती गणेश चन्द, पत्रकार महासंघ सल्यानका सभापती प्रतिक इच्छुक शर्मा लगायतले शुभकामना दिएका थिए ।
वीर बहादुर सेजवालले समिक्षात्मक टिप्पणी गरेको कितावमा पहिलो खण्डमा १३ कथा र दोस्रो खण्डमा २७ कविता रहेका छन ।
कितावका श्रष्टा तथा समाजवाद अध्ययन केन्द्रका अध्यक्ष गणेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुम प्रकाश भण्डारीले गरेका थिए ।