सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली कार्यक्रम बागचाैर नगरपालिका बागचाैर सल्यानमा सप्पन्न भएको छ ।
यो सँगै बागचाैर नगरपालिका सल्यानका १२ वटै वडामा अब अनलाइन प्रणाली मार्फत सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता गर्ने सकिने छ । अबका दिनहरुमा सामाजिक सुरक्षा र ब्यक्तिगत घटना दर्ताका सम्पुर्ण कामहरु वडा कार्यालय बाटै हुने भएको छ ।
बागचाैर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षता तथा बागचाैर नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।
बागचाैर नगरपालिकाका १२ वटै वडाका वडा सचिव र पञ्जिकाधिकारीहरुका लागि सुरु गरिएको तालिम ३ दिन सम्म चलेको हो । तालिममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि वडा सचिव र पञ्जिकाधिकारीहरुलाई प्रशिक्षण गरिएको थियो ।
तालिमको अन्त्यमा एक अनलाइन सर्वेक्षण पनि गरिएको थियो । जसमा वडा सचिव र पञ्जिकाधिकारीहरुले आफुले जानेका कुराहरु सर्वेक्षण मार्फत तालिममा आ आफ्नो विचारहरु प्रस्तुत गरेका थिए ।
सल्यानको बागचाैर नगरपालिका सेवा इकाई बागचाैरमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा कार्यरत एम. आई. एस अपरेटरहरु धनेश्वर खड्का र खुमराज घर्तीले कार्यक्रममा प्रशिक्षण गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण बागचाैर नगरपालिका सल्यानका सुचना अधिकृत तिर्थराज डाँगीले गरेका हुन भने फिल्ड सहायक बामदेव के.सी ले कार्यक्रम संचालन गरेका थिए ।