संसद शाहद्वारा दुर्गा प्रावि शानपाकाे भवन उद्घाटन

२९ माघ २०७७

सल्यानकाे शारदा नगरपालिका,वडा १५ मा रहेको दुर्गा प्राथमिक विद्यालयकाे संसद गुलाव जंग शाहद्वारा नव निर्मित भवनकाे उद्घाटन गरिएको छ ।कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तरगत अा. व.०७६/०७७ काे २० लाख लागतमा श्री दुर्गा प्रावि शारदा नगरपालिका वडा नं.१५ डाँडागाउँकाे नवनिर्मित २ काेठे भवनको एक कार्यक्रमका विच उद्घाटन भएको जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष माेहन खड्काकाे सभा अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सल्यान प्रदेश सभा क का संसद गुलाव जंग शाह,विशिष्ट अतिथि शानपा वडा नं १५ का वडा अध्यक्ष हेमेन्द्रबाबु सेजवाल,अन्य अतिथिमा नेकपाका नेता तथा समाज सेवि बुद्धि बुढाथोकी ,गुमान सिं बुढाथोकी ,कुल बहादुर बुढा,लाेकमान बुढाथोकी ,अनेरास्ववियू जिल्ला कमिटि सदस्य निकुञ्ज गिरि,ढाेरचाैर प्रहरी चाैकीका प्रसनि अच्युत केसी ,अात्माराम खत्रि लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरुले मन्तव्य राखेको जनाएको छ ।

कार्यक्रम संसद शाहले शिक्षाको गुणस्तर राम्रो वनाउन पहिलो प्राथमिकता भौतिक पुर्वाधार नै रहेकोमा यश तर्फ अाफ्नाे वढि ध्यान केन्द्रित रहेको जनाउनु भएको थियोे ।राम्रो साथै प्रयाप्त भौतिक पुर्वाधार नहुदा यश अघि विद्यालयकाे पठन पाठनमा समस्य हुने गरेको थियोे ।पहिलोपटक उक्त विद्यालयमा वजेट परे पछि दुई काेठे भवन निर्माणकार्य सम्पन्न भइ उद्घाटन भएको छ ।उक्त क्षेत्रमै सडक सञ्जालमा समेत जाेडिएको छ ।एकै दिन सडक उद्घाटनसँगै विद्यालयकाे भवन समेत उद्घाटन कार्यक्रम तय गरिएको थियोे ।माननीय गुलाव जंग शाहकाे विशेष पहलमा उक्त क्षेत्रका दुई वडा १४, १५ मात्रै सडक,पक्कि पुल र विद्यालयकाे भवनहरुमा मात्रै १३ करोड वढि विनियोजन भइ कार्यनयनमा गएको छ ।भवन,सडक सम्पन्नता भैसकेको छ भने पुलकाे काम जारि नै रहेको छ ।साे कार्यक्रमको सञ्चालन विष्णु न्यौपानेले गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस