सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओली नेतृत्व ) सल्यानले आफ्ना कार्यकर्तालाई घरमै गई ज्यानमाथि धम्की दिएको प्रति विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ।
नेकपा सल्यानका अध्यक्ष गोबिन्द कुमार पुन द्वारा हस्ताक्षरित विज्ञप्तीमा सल्यानको दार्मा गाउँपालिका अध्यक्ष तथा(प्रचण्ड – माधव) समुहका कर्णाली प्रदेश कमिटी सदस्य निम बहादुर केसी ‘अरुण’ले आफ्नो समुहका दार्मा गाउँ कमिटी सचीव दिपक रोकाय र वडा नं ३ का वडा कमिटी अध्यक्ष देव बहादुर रोकायलाई घरमै आएर ज्यानमार्ने धम्की दिएको भन्दै उक्त घटना प्रति ध्यानाकर्षण भएको बताइएको छ ।
गत माघ १५ गते सल्यानको दार्मा गाउँपालिकामा नेकपा (वली समूह) ले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको थियो।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिका अनुसार देशको स्वाभिमान र जनताको समृद्धिको चाहनामा ध्रुवीकृत कमरेडहरु को राजनैतिक स्वतन्त्रता कुण्ठित हुने गरि यस्ता अराजनैतिक धाकधम्की र अस्वाभाविक व्यवहार नगर्न निजलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।
सम्बन्धित कमरेडहरुलाई आउदा दिनमा कुनै क्षति /दुर्घटना भएमा त्यसको सम्पूर्ण जिम्मा गाउँपालिका अध्यक्ष निमबहादुर के सी “अरुन” ले लिनुपर्ने प्रेश विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति