धनगढीले देखायो ओली समूह सडकमा पनि एकतिहाई मात्रै हो ।- प्रचण्ड

१७, माघ २०७७

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकमा आफ्ना पक्षमा बढी जनता छन् कि भनेका प्रधानमन्त्री केपी ओलीलाई सुदूरपश्चिमका जनताले केपी ओलीको वास्तविक देखाइदिएको बताइएका छन।

धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीलाई फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु,’ उनले भने।

केपी ओलीको पार्टीको पक्षमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा एक तिहाइ पनि नपुगेको दाहालको दाबी छ।
शनिबार प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको विरोध सभा आयोजना गरेको छ। सभालाई सम्बोधनका क्रममा दाहालले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए।


‘सुदूरपश्चिमका जनता महान छन्,’ उनले भने।
‘कुनै निरंकुश तत्वमाथि जागेका जनतालाई कसैले झुकाउन सक्दैन,’ उनले बताए।
उनले सुदूरपश्चिमका जनता झुक्दैनन् भन्ने सन्देश आफूले विश्वमा पुर्‍याउने उनले बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ।

दाहालले वाम गठबन्धनको प्रस्ताव लिएर देश चलाउन खोज्ने पहिलो पात्र आफू नै भएको दाबी गरे।
‘बाम गठबन्धन गरौं भन्ने पहिलो व्यक्ति मै हुँ। म नै केपी कहाँ गएको थिएँ। वाम गठबन्धन गरौं भन्दा सुरुमा केपी ओलीको मुखमा खुसी थिएन,’ उनले भने।
प्रधानमन्त्री बन्न पाउने भएपछि मात्रै गठबन्धन गर्न ओली राजी भएको उनले बताए। ‘मैले त अबको पाँच वर्ष उहाँलाई नै प्रधानमन्त्री हुनुहोस् भनेको थिएँ तर फापेन,’ उनले भने।
चुनावमा हामीले सारेका योजना कार्यान्वयन गरौं भन्दा ओलीले संसद नै विघटन गरेको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस