आगामी निर्वाचनमा प्रचण्ड- माधव समूहको १० सिट पनि नआउने प्रधानमन्त्रीको दाबी

१४, माघ २०७७

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् ।

बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे ।

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए । वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो ।

आधिकारिक पार्टी आफूहरुको भएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले अघि बढाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस