सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
सुपरहिट नेपाली चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । बुधबार साँझ हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म सार्वजनिक भएको हो ।
फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । समाचार तयार गर्दासम्म फिल्मले ६ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको आठौं स्थान ओगट्न सफल भएको छ । अहिलेसम्म फिल्मले २९ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ ।
दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।
आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।