कर्णाली प्रदेश सरकार विभिन्न सीप विकास तालिमको अवसर प्रदान गर्दै

आइतबार-५ ,पौष २०७७

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार अन्तर्गत मानव संसाधन विकास केन्द्र, वीरेन्द्रनगर सुर्खेतले निशुल्क रुपमा विभिन्न आधारभूत सीप विकास तालिम हरु संचालन गर्ने भएको छ ।
तीन महिना अवधिको लागि पलम्बिङ , ब्युटिसियन, विद्युत जडान ,कम्प्युटर ,सिलाई कटाई जस्ता तालिमहरु प्रदान गर्ने भएको छ । प्रत्येक तालिमको लागि ४०/४० जना आवेदकले शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन दिन सक्नेछन।
तालिममा सहभागी हुन चाहने व्यक्ति पूर्णरुपमा बेरोजगार हुनुपर्नेछ भने दलित, अपाङ्ग ,सहित परिवार ,बिपन,एकल महिलालाई उक्त तालिमको लागि विशेष प्राथमिकता दिइनेछ। प्राथमिकतामा पर्ने उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट सिफारिस पेश गर्नुपर्नेछ। प्रत्येक तालीमको लागि दरखास्तत दिने अन्तिम मिति पौष १५ गते सम्म रहेको छ। तालीमको लागि परीक्षाको किसिम अन्तरवार्ता रहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस