सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन। आइतबार बिहानदेखि आन्तरिक सल्लाह र परामर्शमा जुटेको उनी निकट स्रोतले बताएको छ।
मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ गराउन सहयोग गरेका माधवकुमार नेपाल समूहका सात जनामध्ये तीनजनालाई पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषद्मा स्थान दिने निश्चित भएको स्रोतले बताएको छ ।
हाल नेपाल पक्षबाट एक जना प्रकाश ज्वाला मात्रै मन्त्री छन्। ज्वालालाई हटाइएको खण्डमा माधव नेपाल समूहबाट नयाँ तीनजनालाई मन्त्रिपरिषदमा स्थान दिइने छ। तर प्रकाश ज्वालाको स्थान यथावत रहेमा मन्त्रिपरिषदमा नेपाल समूहबाट दुईजना नयाँ थपिने छ। कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खालीरहेको छ।हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका छन्।